अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
अर्घखाँची – संसद विकास कोषको रकम अर्थात स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम विनियोजन नेपाल सरकारले तोकेको शर्त र कार्यविधि विपरित गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ ।
कार्यविधि अनुसार आवधिक जिल्ला विकास योजना, जिल्ला सडक गुरु योजनामा नपरेका योजनाहरु खल्तीबाट निकाली विधि, प्रकृया र कानुन विपरित रकम विनियोजन गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको हो ।
नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल (मुस्कान)ले एक प्रेस विज्ञप्ति जारी गर्दै परामर्स समितिले दिएको सुझावलाइ लत्याउने र निर्देशक समितिमा रहेका सदस्यहरुको राय–सुझावलाइ समेत बेवास्ता गरी मनपरि बजेट विनियोजन गरेको जनाएको छ ।
जिल्लाका कृषकले स्थापना गरेको दूध तरकारी संकलनको लागि चिस्यान केन्द्र स्थापना, भूमि नभएकाहरुलाई आवास निर्माणलगायतका योजनामा बजेट विनियोजन नभएको कांग्रेसको निस्कर्ष छ । समितिले चार करोड रुपैयाँ विनियोजन गरेको थियो ।