११ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जिते नाडलले

 जेठ २८, २०७५ सोमवार ६:२९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस राफेल नाडलले जितेका छन् । फ्रान्सको पेरिसमा भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थिइमलाई ३–० को सोझो सेटमा हराउँदै विश्व नम्बर एक नाडलले करियरको १७ औं ग्राण्डस्लाम उपाधि जितेका हुन् । 

नाडलको यो ११ औं फ्रेन्च ओपन उपाधि हो । पहिलो पटक मुख्य उपाधिको फाइनल खेलेका थिइमलाई नाडलले ६–४, ६–३ र ६–२को सेटमा  हराएका हुन् ।

नाडल सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा रहेका स्विजरल्याण्डका रोजर फेडेररले २० वटा ग्राण्डस्लाम उपाधि जितेका छन् ।

अन्तिम अपडेट: असार ३२, २०७५

तपाईको प्रतिक्रिया