इदको दिन राखिएको प्रवेश परीक्षा सार्न मुश्लिम संघको आग्रह

 जेठ २८, २०७५ सोमबार ६:५८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल मुस्लिम संघले चाड इद उल फित्रको दिन राखिएको एमडी र एमएस तहको प्रवेश परीक्षाको मिति सार्न वीपी कोइराला इन्स्टिच्यूट अफ हेल्थ साइन्स धरानलाई आग्रह गरेको छ । संघका अध्यक्ष अब्दुल सत्तारले विज्ञप्ति निकालि इश्लाम धर्मावलम्बिको महान चाड इदका दिन राखिएको एमडी र एमएसको प्रवेश परीक्षाको मिति सार्न आग्रह गर्नुभएको हो । 

संसारभर जस्तै नेपालका मुस्लिम समुदायले जेठको पहिलो सातादेखि रमदानका लागि एक महिना लामो रोजा अर्थात् उपवास बसिरहेका छन् । रमजान महिनाको अन्तिम दिनमा मनाइने यस वर्षको इद २०७५ असार २ वा ३ गते पर्ने र त्यहि दिन इन्टिच्युटले राखेको प्रवेश परीक्षाका कारण मुश्लिम समुदायका परीक्षार्थीलाई समस्या पर्ने भएकाले मिति सार्न आग्रह गरिएको अध्यक्ष सत्तारले बताउनुभयो ।

संघले त्यो दिन कुनै परीक्षा नराखिदिन अरु सवै शैक्षिक संस्था, स्कुल, कलेजलहरुसँग पनि अनुरोध गरेको छ । त्यसैगरि मुस्लिम समुदायको ठूलो पर्व इद, बकर इद र मोहम्मद जयन्तीमा दिने गरिएको सार्वजनिक विदा कटौतिको निर्णय तत्काल फिर्ता लिन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया