च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
दाङ – करेन्ट लागेर दाङको गोग्लीमा एक जनाको ज्यान गएको छ ।
घोराही उपमहानगरपालिका ४ गोग्लीमा घर निर्माण गर्ने क्रममा करेन्ट लागेर कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर ६ राजीपुराका २६ वर्षीय शंकर चौधरीको ज्यान गएको हो ।
घर निर्माण गर्ने क्रममा करेन्ट लाग्दा चौधरी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।