कांग्रेस बैठक बिना निष्कर्ष टुंगियो, बैठक भोलि २ बजे बस्ने

 मंसिर १, २०७५ शनिबार २०:१७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शनिबार बसेको नेपाली कांग्रेसको बैठकले आफ्नो भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन र प्रस्तावित विधानका विषयमा निर्णय गर्न सकेन ।

शनिबार नेविसंघको महाधिवेशनबारे निर्णय गर्ने गरी केन्द्रीय कार्य समितिको बैठक बोलाए पनि पार्टीभित्रको विवादका कराण सभापति शेरबहादुर देउवाले विषय प्रवेश मात्र गराउनुभएको नेताहरुले बताएका छन् ।

केन्द्रीय कार्यलय सानेपामा शनिबार एकैछिन बसेको बैठकमा सभापति शेरबहादुर देउवाले  यसबारे विषय प्रवेश गराउनुभएको र आइतबार थप छलफल गरेर निर्णय लिइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । दिउँसो बोलाइएको बैठकमा नेविसंघको नेता कार्यकर्ताले विरोध जनाएपछि बैठक बस्न केही ढिला भएको थियो ।

बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाइएको छ । नेविसंघको निर्वाचित कार्यसमितिको अवधि आइतबार सकिने भएकाले कार्यसमितिको कार्यकाल फेरि थप्ने कि विगठन गर्ने भन्नेबारेमा नेताहरुबीच विवाद छ ।

यसैबचि नेविसंघका नेता कार्यकर्ताले चुनावबाटै अर्को कार्यसमिति चयन गर्ने कि तदर्थ समिति बनाउने भन्ने विषयमा पार्टी कार्यालयमा नाराबाजी गरेका छन् । महाधिवेशन मार्फत नेतृत्व चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्दै नेविसंघका दुई समूहले नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा छुट्टाछुट्टै नाराबाजी गरेका हुन् । 

बैठकमा सहभागी हुन पुगेका सभापति शेरबहादुर देउवालाई दुवै पक्षले घेराउ गरेका थिए । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया