कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

 मंसिर २, २०७५ आइतबार ९:२४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्दैछ । भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महाधिवेशन र विधान टुंगो लगाउन शनिबार बोलाइएको बैठक औपचारिक रुपमा सुरु मात्र भएकाले आइतबार थप छलफल गरी निर्णय गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

दिउँसो २ बजेका लागि बोलाइएको आजको बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा गठित निर्देशक समितिले ल्याउने प्रस्तावमाथि छलफल हुने उहाँले बताउनुभयो । २ वर्षीय कार्यकाल रहेको नेविसंघको म्याद ३ महिना थप गरिएको अवधि पनि आइतबार सकिंदैछ । अब अर्को तदर्थ समिति बनाउने कि अहिलेकै समितिको म्याद अर्को महाधिवेशनसम्म लम्ब्याउने भन्नेबारेमा नेताहरुबीच विवाद छ । 

यस्तै नेविसंघमा उमेर हद ३२ वर्ष लागू गर्ने कि नगर्ने भन्ने विषयमा पनि नेताहरुबीच कुरा मिल्न सकेको छैन ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया