सँगै सुतेकी श्रीमती र छोराको हत्या

 मंसिर २, २०७५ आइतबार १०:२६:५९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – सँगै सुतेका श्रीमानले आफ्नै श्रीमती र छोराको हत्या गरेको खबर सुन्दा पत्याउन मुश्किल पर्ला । तर, रुकुम पश्चिममा एक व्यक्तिले भरुवा बन्दुक र खुकुरी प्रयोग गरी आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । 

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. १ बल्लेजुराका ४६ वर्षीय सत्यबहादुर बुढाले राति सुतेको समयमा बन्दुक र धारिलो खुकुरी प्रहार गरी श्रीमती र कान्छा छोराको हत्या गरेका छन् । बुढाले ४१ वर्षीया श्रीमती इन्द्रकलालाई भरुवा बन्दुक र ११ वर्षीय कान्छा छोरा प्रकाश लाई कुखुरी प्रहार गरी हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सुमित खड्काले श्रीमती र छोरालाई हत्या गर्ने बुढालाई प्रहरी नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले, अत्याधिक रक्सी सेवन गरेका बुढा आफैँले पनि आफ्नो घाँटि रेटेर आत्महत्या प्रयास गरेको बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लैजान लागिएको छ । 

बुढाले श्रीमतीको पेटमा गोली  र छोराको घाँटिमा खुकुरी प्रहार गरेको उहाँले बताउनुभयो । घरको अर्को कोठामा सुतेका जेठा छोरा डिल्ली बुढाले बिहान करिब ४ बजे मात्र घटना थाहा पाएका थिए । सत्यबहादुरले अाफैँले आफ्नो घाँटि रेट्ने प्रयास गरेको र घाँटीबाट रगत बगिरहेको वडा नं १ का अध्यक्ष माेहन किशाेर अाेलीले बताउनुभयाे । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया