डलर, रियाल, दिर्हाम र रिंगिटको मूल्य घट्यो

 मंसिर २, २०७५ आइतबार ११:२८:२८ | उज्यालो सहकर्मी

काठमाडौं - अमेरिकी डलरसँगै अरु विदेशी मुद्राको भाउ लगातार ओरालो लागेको छ । अघिल्लो हप्ताजस्तै यो हप्ताको सुरुवातमा पनि विदेशी मुद्राको भाउ केही पैसाले घटेको हो ।

हप्ताको पहिलो दिन आइतबार अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३८ पैसा तोकिएको छ । शुक्रबार डलरको खरिददर ११४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४८ पैसा थियो । 

नेपाल राष्ट्र बैंकले आइतबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा तोकेको छ । गएको शुक्रबार साउदी रिहालको खरिददर ३० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ७८ पैसा थियो । 

यस्तै शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७१ पैसा रहेकोमा आइतबार खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६८ पैसा तोकिएको छ । 

यस्तै आइतबार युएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकिएको छ । शुक्रबार दिर्हामको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा थियो ।

यस्तै शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४० पैसा र बिक्रीदर २७ रुपैयाँ ५४ पैसा रहेकोमा आइतबार खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा तोकिएको छ । 

अघिल्लो हप्तादेखि नै यी विदेशी मुद्राको मूल्य केही पैसाले घट्दै गएको हो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया