शौचालय जान लागेकी वृद्धाको मोटरसाइकलको ठक्करबाट मृत्यु

 मंसिर २, २०७५ आइतबार १२:२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – कलैया उपमहानगरपालिका २७ रामपुरमा आज बिहानै मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । 

बा ९२ प ९०८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बिहानै पौने ५ बजे शौचालय जान निस्किएकी स्थानीय ७० वर्षकी धुर्पती देवीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

मोटरसाइकलसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया