जस्टिन बीबरले गरे सुटुक्कै विवाह

 मंसिर २, २०७५ आइतबार १३:१५:५२ | एजेन्सी
unn.prixa.net

चर्चित क्यानेडियन पप गायक जस्टिन बीबर लामो समयदेखि गायिका सेलेना गोमेजको प्रेममा थिए । सेलेनासँगको ब्रेकअप पछि जस्टिन मोडल हेली बाल्डविनको प्रेममा परे । यी दुबैले अचानक इन्गेजमेन्ट गरेर फ्यानहरुलाई आश्चर्य चकित बनाएका थिए । त्यस पश्चात् सामाजिक संजालमा खुलेरै एक अर्कालाई माया दर्शाउदै आइरहेका छन् । 

केही समयअघि यो जोडीले बिवाहको लागि अप्लाई गरेको बताइएको थियो । यो जोडीले गुपचुप रुपमा विवाह गरेको खुलासा भएको छ । यो कुराको खुलासा हेली वाल्डविनले गरेकी हुन् । साथै जस्टिन बीबरले पनि उनको साथ दिएका छन् । 

दुबैले गोप्य रुपमा बिवाह गरिसकेका छन् । उनीहरुले एक सानो पार्टी आयोजना गरेर परिवार तथा साथीहरुबीचमा विवाह गरेका थिए । साथै हेली बाल्डविनले उनको नाम परिवर्तन गरेर हेली बीबर बनाएकी छिन् । 

जस्टिन बीबरले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक फोटो पोष्ट गर्दै लेखेका छन ‘मेरी सुन्दर श्रीमती ।’ यो पोष्टसँगै दुवैजनाका फ्यानहरुले विवाह भएको थाहा पाएका हुन् र यो जोडीलाई अहिलो बधाई तथा शुभकामना दिइरहेका छन् ।  

 
 
 
 
 
 
 
 
 
 
 
 
 

My wife is awesome

A post shared by Justin Bieber (@justinbieber) on

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया