ट्रम्प–किम वार्ताका लागि सिंगापुरले १ अर्ब ६० करोड खर्च गर्ने

 जेठ २८, २०७५ सोमबार ९:०:१८ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ताका लागि सिंगापुर सरकारले २० मिलियन सिंगापुर डलर खर्च गर्ने भएको छ । यो नेपाली रुपैया १ अर्ब ६० करोडभन्दा बढी हुन्छ ।

सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले अन्तर्राष्ट्रिय सुरक्षा प्रयासका लागि यो रकम खर्चिन उचित भएको प्रतिकृया दिनुभएको छ ।  लीले शिखरवार्ताले आफ्नो देशको प्रचार हुने भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताएको बीबीसीले जनाएको छ । यसको आधा रकम सुरक्षा व्यवस्थामा खर्च हुने बताइएको छ ।
शिखर वार्ताका लागि र अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरीयाली नेता किम सिंगापुर पुगिसकेका छन् । आणविक हतियारलगायतका विषयमा चर्को विवाद र वहस गरिरहेका अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुन लागेको यो पहिलो भेटवार्ता हो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया