श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतिस्पर्धाकाे भाेटिङमा सबैभन्दा अगाडि, यसरी गर्न सकिन्छ भाेट

 मंसिर २, २०७५ आइतबार १५:९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

मिस नेपाल २०१८ की विजेता हुन् श्रृंखला खतिवडा । मिस नेपालको ताज पहिरिएपछि उनी अहिले मिस वर्ल्डका निम्ति प्रतिस्पर्धा गरिरहेकी छिन् ।

 प्रतिस्पर्धा चीनमा भइरहेको छ । प्रतिस्पर्धामा विश्वका १२१ देशका सुन्दरीहरुको सहभागिता छ । याे इभेन्ट सन् २०१८ डिसेम्बर ८ मा हुन लागेका बुझिएको छ ।

अहिले त्यहाँं उपस्थित धेरैलाई श्रृंखलाले आफ्नो प्रभाव छोड्न सफल भएकी बताइन्छ । उनले इभेन्टमा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु पनि गर्न भ्याएकी छिन् ।

सबैलाई आफूप्रति आकर्षित गर्न सफल भएकी श्रृंखलाले नेपालको संस्कृति झल्किने विभिन्न प्रस्तुति दिइरहेकी छिन् । हालसम्मको अवस्थालाई हेर्ने हो भने उनी २२० देशका सुन्दरीहरुलाई पछि पार्दै भोटिङमा एक नम्बरमा रहेकी छिन् । 

उनलाई नेपालीले मात्र नभएर अन्य देशका नागरिकहरुले समेत सपोर्ट गरेको बुझिएको छ । सबैको सपोर्ट र श्रृंखला स्वंयमको प्रस्तुतिले पनि यो पटक उनलाई मिस वर्ल्डको मुख्य दावेदार मानिएको छ ।

श्रृंखलालाई भोट गर्नका लागि निम्न विधि अपनाउन सकिन्छ :

१. मोब्स्टार MobStar नामक एप डाउनलोड गर्ने
२. कुनै पनि समाजिक सन्जाल एकाउन्टबाट लग इन गर्ने
३. अंग्रेजीमा Shrinkhala Khatiwada सर्च गर्ने

४.निलाे थाेप्लाे भएकाे प्राेफाइल Shrinkhala लार्इ फलाे गर्ने (अाइअाेएसमा पहेलाे थाेप्लाे)

५. प्राेफाइल भित्र गइ फाेटाे, भिडियाेलार्इ देब्रेदेखि दाहिने तिर स्वाइप गर्ने (अाै‌लाले सार्ने)

६. कमेन्ट गर्ने । कमेन्ट पनि भोटमा गणना हुन्छ 
७. जतिसक्दो सेयर गर्ने

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: मंसिर २४, २०७५

2 Comments

तपाईको प्रतिक्रिया