नेपालगञ्ज उप–महानगरपालिकामा चारवटा घुम्ती शौचालय

 मंसिर २, २०७५ आइतबार १६:४:४६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्ज उप–महानगरपालिकामा सर्वसाधारणको प्रयोगका लागि घुम्ती शौचालय ल्याइएको छ ।

एकपटकमा आठजनाले प्रयोग गर्न मिल्ने चारवटा घुम्ती शौचालय खरिद गरी नेपालगञ्ज उप–महानगरपालिकाको कार्यालयमा ल्याइएको हो ।

उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले सार्वजनिक शौचालय नभएको ठाउँ र मानिसको बढी भिड हुने स्थानमा शौचालय राखिँने जानकारी दिनुभयो । उहाँले कार्यपालिकाले निर्णय गरेपछि मात्र शौचालय सञ्चालनमा आउने बताउनुभयो ।

एसियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास आयोजना अन्तर्गत  हिरिमिनियामा फोहोर व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माण गरिरहेको कम्पनीले त्यसै आयोजना अन्तर्गत झण्डै ५९ लाख रुपैयाँमा घुम्ती शौचालय खरिद गरेर ल्याएको हो ।
    
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया