दाङमा बस दुर्घटना : १८ यात्रु घाइते, तीनजनाको अवस्था गम्भीर

 मंसिर २, २०७५ आइतबार १७:८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ –  दाङको भालुबाङबाट लमहीका लागि हिँडेको  बस लमही नगरपालिका वडा नम्बर ३ टीकुलीगढमा दुर्घटना भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिनुभयो । ना ३ ख ९४७ नम्बरको स्थानीय रुटमा चल्ने बस पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा मल्लरानी गाउँपालिका वडा नम्बर ३ चौरपानी प्यूठानका ५७ वर्षका गोबिन्दप्रसाद शर्मा, राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटका ४५ वर्षका रामखिलाउन चौधरी, लमही नगरपालिका वडा नम्बर २ डोढहीका ८० वर्षका दिबुलाल चौधरी, राप्ती गाउँपालिका वडा नम्बर ७ भानपुरका २५ वर्षीया सरिता चौधरी, २३ वर्षीया निर्मला कोइराला, राप्ती गाउँपालिका  वडा नम्बर ७ का डोरबहादुर परियार, सोही गाउँपालिकाको वडा नम्बर ५ भुल्के निवासी ४५ वर्षीया हिमा गाहामगर लगायत अन्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये तीनजनालाई थप उपचारको लागि जिल्ला बाहिर पठाइएको र अन्य घाइतेको लमही अस्पतालमा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया