अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको निःशुल्क एसएमएस सेवा

 मंसिर २, २०७५ आइतबार १७:२१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाल प्रहरीले ‘निःशुल्क एसएमएस सेवा’ संचालनमा ल्याएको छ ।

अपराध नियन्त्रणका लागि नागरिकको सूचना लिने कामलाई अझै सहज बनाउन नेपाल प्रहरीले आइतबारबाट ‘निःशुल्क एसएमएस सेवा’ पनि संचालनमा ल्याएको हो ।

१३ औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आइतबार एक कार्यक्रमकाबीच सेवाको शुभारम्भ गर्दै निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्कीले अपराबध नियन्त्रणका लागि नागरिकसँग अझै सहज ढंगले सूचना लिन सो सेवाको पनि सुरुवात गर्नु परेको स्पष्ट पार्नुभयो ।

नेपाल प्रहरीको टोल फ्रि नम्बर सयमा नै एसएसएस पठाउँदा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । नेपाल प्रहरीलाई सो सेवा नेपाल टेलिकमले उपलब्ध गराएको हो ।

कार्यक्रममा बोल्दै निमित्त प्रहरी महानिरीक्षक कार्कीले सो सेवा निःशुल्क रुपमा उपलब्ध गराइदिएकोमा नेपाल टेलिकमप्रति आभार व्यक्त गर्नुभयो । उहाँले समाजमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले प्रविधिको विकास र विस्तारमा विशेष जोड दिएको पनि उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया