बहुविवाहको मुद्धामा पुरुष जेल चलान

 मंसिर २, २०७५ आइतबार १९:३९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

खोटाङ – बहुविवाह मुद्धामा खोटाङको बराहपोखरी गाउँपालिका–१, बराहपोखरीका ३२ वर्षीय ज्ञानबहादुर तामाङ जेल चलान भएका छन् ।

बहुविवाह मुद्धामा ३२ वर्षीय तामाङ १ वर्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो । गएको कात्तिक २९ गते पक्राउ परेका तामाङलाई आइतबार अदालतमा पेश गरिएकामा कैद भुक्तानका लागि आइतबार नै कारागार पठाइएको हो ।

बहुविवाह मुद्धामा तामाङलाई जिल्ला अदालत खोटाङले २०७१ साल भदौ १६ गते १ वर्ष कैद तथा १० हजार जरिवाना हुने फैसला सुनाएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया