संघीय संसदका दुवै सदनको बैठक बस्दै

 जेठ २८, २०७५ सोमबार ९:३८:२४ | उज्यालो सहकर्मी

काठमाडौं – प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त नियमावली पारित गर्न संघीय संसदको संयुक्त सोमबार बस्दैछ । बैठक दिउँसो १ बजेपछि संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । 

बैठकले नियमावली पारित गर्नेछ । दुवै सदनले आआफ्नो नियमावली पारित गरेपछि संयुक्त नियमावली पारित गर्न संयुक्त बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ । सांसदलाई फौजदारी अभियोग लागेमा उनीहरुको पद निलम्बन नगरी सुविधा नपाउने र सांसदका रुपमा गरिआएका काम गर्न नपाउने व्यवस्थासहिको नियमावली दुवै सदनबाट पारित भइसकेको छ ।

गएको शुक्रबार प्रतिनिधिसभा र आइतबार राष्ट्रियसभाले आ आफ्ना नियमावली पारित गरेका थिए । 


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया