रेलिगेशनमा पर्‍याे क्राेएसिया, इंग्ल्याण्ड पुग्याे सेमिफाइनलमा

 मंसिर ३, २०७५ सोमबार ६:४४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

यूईएफए नेशन्स कप फुटबलमा  क्रोएसियामाथि जित निकाल्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेकाे छ । आइतबार रातिको खेलमा १–० गोलले पछि परेको अवस्थामा लिंगार्ड जेसस र हेरी केनले एक एक गोल गरे पछि समग्रमा २–१ को नतिजा निकाल्दै इंग्ल्याण्डले सेमिफाइनल यात्रा तय गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेले पनि सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् । खेलको ५७औं मिनेटमा क्रोएसियाका एन्ड्रेज क्रामारिचले काउन्टर एट्याकमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । इंग्ल्याण्डका तीन जना डिफेन्डरलाई विट गरेका उनले गरेको प्रहारलाई किपर जोर्डन पिकफोर्डले बचाउन सकेनन् ।

१ गोलले पछि परे पछि खेलमा फर्कन इंग्ल्याण्डले निकै प्रयास गर्नु परेको थियो । ७८ औं मिनेटमा इंग्ल्याण्डले बराबरी गोल गर्दै खेलमा फर्किएको थियो ।

इंग्ल्याण्डका जो गोमेजले दिएको पासलाई ह्यारी केनले पोस्टको दिशा दिए पनि फाइनल टच भने जेसस लिंगार्डले दिएका थिए । यसैगरी ह्यारी केनले ८५ औं मिनेटमा टिमकालागि निर्णायक गोल गर्दै जित सुनिश्चत गरे ।

बेन चेलविलको फ्री किकलाई केनले गोलमा परिणत गर्दै इंग्ल्याण्डलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल नभए पछि इंग्ल्याण्ड विजयी हुन सफल भयो । आइतबारको नतिजासँगै इंग्ल्याण्ड ७ अंक सहित समूह विजेता बन्दा स्पेन ६ अंक सहित उप विजेता बनेको छ । रेलिगेशनमा परेको क्रोएसियाको ४ अंक मात्रै छ ।

 

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया