ए डिभिजन लिग अन्तर्गत अाज तीन खेल हुँदै

 मंसिर ३, २०७५ सोमबार ७:३२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत साेमबार तीनवटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्स मैदानमा दुई र एपीएफ मैदानमा एक खेल भएपछि लिगको दोस्रो चरण सकिनेछन् ।

एन्फा कम्प्लेक्स मैदानमा एघार बजे जावलाखेल युथ क्लब र संकटा क्लब खेल्दैछन् । संकटाले पहिलो खेलमा जित हात पार्दै तीन अंक जोडिसकेको छ भने जावलाखेल पहिलो खेलमा पराजित भएको थियो । सातदोबाटोमा नै सवा दुई बजे हुने दोस्रो खेलमा फ्रेण्डस क्लब र एपीएफ क्लब आमने सामने हुँदैछन् ।

पहिलो खेलमा एपीएफ बराबरीमा रोकिएको थियो । फ्रेण्डसले भने पराजय भोगेको थियो । एपीएफ मैदानमा हिमालयन शेर्पा क्लब र सरस्वती क्लब पनि खेल्दैछन् । पहिलो चरणको खेलमा सरस्वती पराजित भएको थियो भने हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै एक अंक जितेको थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया