आईसीसी महिला टी–२० विश्वकप : वेष्ट इण्डिजले इंग्ल्याण्डलाई चार विकेटले हरायाे

 मंसिर ३, २०७५ सोमबार ११:५५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत अाइतबार राति भएको खेलमा जित हात पार्दै वेष्ट इण्डिज समूह एको विजेता बनेको छ । वेष्ट इण्डिजले इंग्ल्याण्डलाई चार विकेटले पराजित गर्‍याे ।

यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह एको विजेता वेष्ट इण्डिजले समूह बीको उपविजेता अष्ट्रेलियासँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह एको उपविजेता इंग्ल्याण्डले समूह बीको विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले दिएको ११६ रनको लक्ष्य इण्डिजले १९ ओभर ३ बलमा सात विकेट गुमाउँदै पूरा गर्‍याे । वेष्ट इण्डिजको ग्रस आइस्लेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले २० ओभरमा आठ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

खराब सुरुआत गरेको इंग्ल्याण्डका लागि सोफिया डंकले र अन्या श्रुवसोलले सातौं विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । ब्यक्तिगत तर्फ डंकलेले ३५ रन बनाइन भने श्रुवसोलले २९ रन जोडिन् । त्यस्तै ट्यामी बेमउन्टले २३ रन जोडिन् । 

बलिङतर्फ शाकिरा सिल्म्यान र डिन्ड्रा डोटिनले २–२ विकेट लिए ।

११६ रनको लक्ष्य भेटाउनका लागि इण्डिजका डोटिन र सिमाइन क्याम्पबेल्लेले उत्कृष्ट ब्याटिङ गरे । अलराउण्ड प्रदर्शन गरेकी डोटिनले चार छक्काको सहयोगमा ४६ रन बनाएकी थिइन् भने क्याम्पबेल्लेले ४२ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ४५ रन बनाइन् । 

बलिङतर्फ श्रुवसोलले तीन विकेट लिइन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया