समुद्री किनारमा रमाउँदै दीपक र दीपा

 मंसिर ३, २०७५ सोमबार १२:४४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

दीपाश्री निरौला द्धारा निर्देशित चलचित्र छक्का पन्जा ३ ले नेपालमा ब्लकबस्टर कमाई गरीसकेको छ । नेपालका विभिन्न हलहरुमा अहिलेसम्म पनि चलचित्रले सफल व्यापार गरिरहेको छ । नेपालको सफल प्रदर्शनसँगै विदेशमा पनि चलचित्र छक्का पञ्जा ३ को डिमाण्ड उच्च छ ।

चलचित्रका लागि अहिले विश्वका विभिन्न देशहरुबाट माग आइरहेको छ । चलचित्रले अमेरिका एक महिनासम्म लगातार प्रदर्शन गरेर चलचित्र इतिहासमै नयाँ रेकर्ड  राख्न सफल भएको छ ।

अमेरिकाको सफल प्रदर्शनसँगै अहिले चलचित्र अष्ट्रेलियामा पनि प्रदर्शन भैरहेको छ । अष्ट्रेलिया प्रदर्शनका लागि चलचित्रकी निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी, अनुराग कुँवरलगायत अष्ट्रेलिया पुगेका छन् । अष्ट्रेलियामा दीपक र दिपाको जोडी रोमान्टिक देखिएको छ । समुन्द्री किनारमा पुगेका दीपक र दीपाले रोमान्टिक हुँदै तस्बिर खिचेका छन्  ।

यस अघि विभिन्न देशहरुमा चलचित्र प्रदर्शन भए पनि चलचित्र युनिट देश बाहिर भने गएका थिएनन् चलचित्रको प्रदर्शनका लागि उनीहरु पहिलो पटक देश बाहिर पुगेका हुन् । चलचित्र दशैंको घटस्थापनाका दिनदेखि अल नेपाल प्रदर्शनमा आएको थियो ।

 – उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया