डाक्टर केसी बिरामी, शिक्षण अस्पतालको सीसीयूमा उपचार हुँदै

 मंसिर ३, २०७५ सोमबार १२:४८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नागरिक अभियन्ता डाक्टर गोविन्द केसी अस्पताल भर्ना हुनुभएको छ । 

छाती धेरै दुखेपछि केसीलाई त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्स्प्लाण्ट सेण्टरको सीसीयूमा भर्ना गरिएको हो । 

उहाँको जाँच भइरहेको र अझै केहीदिन अस्पतालमै राख्नुपर्ने उपचारमा संलग्न डाक्टर अरुण सायमीले उज्यालोलाई जानकारी दिनुभयो । प्रारम्भिक रिपोर्टमा गम्भीर समस्या नदेखिएको र भोलिसम्ममा विस्तृत रिपोर्ट आएपछि मात्र के भएको भन्ने यकिन हुने उहाँले बताउनुभयो । 

डाक्टर केसीको  तीन वर्षअघि मुटुको एन्जियोग्राफी गर्दा अवस्था सामान्य रहेको पनि डाक्टर सायमीले जानकारी दिनुभयो । सुरुमा अस्पताल भर्ना हुन नमानेका केसीलाई सम्झाइबुझाइ गरेर भर्ना गरिएको डाक्टर सायमीले बताउनुभयो । 

डाक्टर केसीलाई सीसीयूको ४१५ नम्बर बेडमा राखिएको छ । केही सयमअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि यही बेडमा राखेर उपचार गराइएको थियो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया