संविधान कार्यान्वयनमा कांग्रेस सत्ता हो, कांग्रेसले देखाएको बाटो अरुले पछ्याउने हो : गगन थापा

 मंसिर ३, २०७५ सोमबार १५:८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेका युवा नेता गगन थापाले वर्तमान सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको बताउनुभएको छ । 

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेता थापाले संविधान कार्यान्वयनमा कांग्रेसले जिम्मेवार पूर्ण भूमिका निर्वाह गरे पनि सरकार जनता र प्रतिपक्षी दल प्रति उत्तरदायी र जिम्मेवार नबनेको टिप्पणी गर्नुभएको हो । उहाँले संविधान कार्यान्वयका लागि आवश्यक विधेयक पारित गर्न कांग्रेसले जिम्मेवार ढंगले भूमिका निर्वाह गरेको दावी उहाँले गर्नुभयो । लोकतन्त्रको संरक्षणमा भने सरकारको नियत र क्षमतामा नै प्रश्न उब्जिएकाले नियत र प्राप्त सफलताका बीच कांग्रेसले नयाँ बाटो कोर्न सक्नुपर्ने बताउनुभयो ।

 

राजनीतिक मस्यौदा समितिका सदस्यसमेत रहेका नेता थापाले कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने भएकाले, ‘हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ’ भन्ने ढंगले अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयनका सम्बन्धमा कांग्रेस नेता हो । कांग्रेस सत्ता हो । कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने हो । हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ ।’ उहाँले नेताहरुमा देखिएको मतभिन्नता, निरासा र सम्पूर्ण किसिमका अलमललाई महासमिति बैठकले चिर्नुपर्ने बताउनुभयो ।

उहाँले महासमिति बैठकले संगठन सुदृढीकरण तथा दीर्घकालीन र अल्पकालीन रुपमा अबलम्बन गर्नुपर्ने रणनीतिको साथै राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका विषयमा प्रभावकारी निर्णय गर्नुपर्ने उल्लेख गर्नुभयो । कांग्र्रेसको विधानअनुसार महासमिति बैठकले महाधिवेशनले गर्ने केन्द्रीय समितिको निर्वाचनबाहेक सबै निर्णय गर्न पाउने अधिकार राख्छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया