मयंकसँगको ब्रेकअपपछि साम्राज्ञीले पाइन् नयाँ प्रेमी

 मंसिर ३, २०७५ सोमबार १५:२३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कामसँगै प्रेमका कारण चर्चामा आउने अभिनेत्री हुन् साम्रज्ञी राज्य लक्ष्मी शाह ।

केही वर्ष व्यापारी मयंक खड्कासँग प्रेममा रहेकी साम्राज्ञीले मयंकले आफूमाथि शंका गरेको भन्दै केही समय अगाडि मात्रै ब्रेकअप गरिन् । साम्राज्ञीसँग ब्रेकअप भएपछि मयंकले साम्राज्ञीले आफूमाथि शंका गरेको संकेत एउटा स्ट्याटसबाट दिएका थिए ।

उनले ‘मैले शंका गरेँ रे, कति हाँस्नु’ भन्दै फेसबुकमै स्ट्याटस राखेका थिए । यो ब्रेकअपले मयंकलाई त केही असर गर्यो होला तर साम्राज्ञीको हकमा त्यस्तो देखिएन । ब्रेकअपको बारेमा बोल्दै साम्राज्ञीले जीवनमा यस्ता व्यक्तिहरु आउने जाने भन्दै मयंकसँगको ब्रेकअप र सम्बन्धलाई हल्का रुपमा लिएको प्रस्ट पारेकी थिइन् ।

हुन पनि उनलाई मयंकसँग अलग्गिएर कुनै असर परेको छैन । उल्टो उनी मयंकसँग अलग भएको केही समयमै नयाँ प्रेमीसँग रमाइरहेको विशेष स्रोतले जनाएको छ । साम्राज्ञीले अर्का एक धनाढ्य युवासँग प्रेम सम्बन्ध गाँसेको चर्चा सिने नगरीमा चलेको छ ।

केही महिना अगाडि जापानमा आयोजना भएको एक अवार्ड समारोहबाट फर्कने क्रममा साम्राज्ञीका प्रेमी उनलाई लिन त्रिभुवन विमानस्थलमा पुगेका थिए । सो समयमा विमानस्थल बाहिर रहेका पत्रकारबाट छलिन साम्राज्ञीले अन्य नायिकासँग मुख र टाउको ढाक्नका लागि कपडा मागेको चर्चा पनि सिने नगरीमा चलेको थियो ।

त्यस्तै साम्राज्ञीले आइतबार आफ्नो जन्मदिन पनि नयाँ प्रेमीसँग मनाएकी छिन् । साम्राज्ञीले नयाँ प्रेमी देवांश जंगबहादुर राणाको घरमा यस पटक आफ्नो जन्मदिन मनाएको बुझिएको छ ।

शनिबार मध्यरातपछि नै देवांशको घरमा पार्टी शुरु भएको थियो । यस पार्टीमा साम्राज्ञीका केही नजिकका साथी मात्र उपस्थित थिए । आफ्नो जन्मदिनका केही तस्बिर र भिडियो साम्रज्ञीले इन्स्टाग्राममा सेयर गरेकी थिइन् । उनको जन्मदिनको पार्टीमा साम्राज्ञी, प्रेमी देवांश र साथीहरु खुबै रमाएको देख्न सकिन्छ ।

पहिलो ब्रेकअपपछि फेरि अफेयरमा रहेकी साम्राज्ञीले देवांशसँगको प्रेमको बारेमा मुख भने खोलेकी छैनन् । हुन त उनले मयंकसँगको सम्बन्धको बारेमा पनि कहाँ बोलेकी थिइन् । 


–उज्यालाे र गफगाफकाे सहकार्यमा

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया