काठमाडौंमा दुर्गन्ध हटाउने प्रविधिको परीक्षण

 मंसिर ३, २०७५ सोमबार १५:४२:४८ | उज्यालो सहकर्मी

काठमाडौं – काठमाडौं महानगरपालिकाले जैविक फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरेको छ ।

काठमाडौं महानगरपालिकाको नेतृत्वमा सोमबार बिहान टेकु ट्रान्सफर स्टेशनमा रगत मिसिएको कुखुराको प्वाँख, राँगा भैसीको लादीलगायतका जैविक फोहोरमा माइक्रो बायो पोजेटिभ ब्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको हो ।

इड्मा इन्टरनेशनल कम्पनीका प्रतिनिधिका अनुसार यो विधिले फोहोरबाट उत्पादन हुने दुर्गन्ध हटाउँछ । यो विधि, जैविक फोहोरमा प्रयोग गरिन्छ । यो ब्याक्टेरिया सकारात्मक ब्याक्टेरिया हो । यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन ।

निष्क्रिय बनाएर राखिएको ब्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ । परम्परागत फोहोर व्यवस्थापनका विधिलाई आधुनिक बनाउँदै लैजाने क्रममा यस प्रकारको परीक्षण गरिएको हो । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया