बल टेम्परिङमा मुछिएका स्मिथ, वार्नर र बेनक्राफ्टमाथिको प्रतिबन्ध फुकुवा हुने संकेत

 मंसिर ३, २०७५ सोमबार १५:५९:२१ | एजेन्सी
unn.prixa.net

काठमाडौं – बल टेम्परिङको आरोपमा प्रतिबन्धमा परेका तीन जना अष्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथ, डेभिड वार्नर र क्यामरुन बेनक्राफ्टमाथिको कारबाही के हुने भन्नेमा यो साता निर्णय आउने भएको छ ।

अष्ट्रेलियन क्रिकेट बोर्डले जनाएअनुसार तीनै खेलाडीको कारबाही फुकुवा हुनसक्ने संकेत गरेको छ । राष्ट्रिय क्रिकेट टिम निकै खराव अवस्थामा रहेका बेला बोर्डले तीन जना मुख्य खेलाडीको प्रतिबन्धमा पुनर्विचार गर्न लागेको हो । जसमा क्यामरुनको नौ महिने प्रतिबन्ध अर्को महिना सकिँदैछ भने स्मिथ र वार्नरको प्रतिबन्धका विषयमा छलफल गर्न बोर्डले बैठक बोलाएको छ ।

तीनै खेलाडीको प्रतिबन्ध हटाउन खेलाडी संघदेखि सञ्चारमाध्यमले पनि बोर्डलाई दबाब दिइरहेका छन् ।
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया