स्थायी कर्मचारीबाट काम लिन गाह्रो भएकाले करारमा कर्मचारी राख्छौं : मेयर महर्जन

 मंसिर ३, २०७५ सोमबार १६:४४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले करारमा कर्मचारी राख्ने योजना अघि सारेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले करारमा कर्मचारी राख्ने योजना सार्वजनिक गर्नु भएको हो । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मेयर महर्जनले ‘स्थायी कर्मचारीबाट काम लिन गाह्रो भएपछि’ आफूहरु करारमा कर्मचारी राख्न बाध्य हुनु परेको स्पष्ट पार्नुभयो ।

करारमा राखेका कर्मचारीहरुले राम्रो काम गरे २ वर्षपछि उनीहरुको म्याद थप गर्ने ललितपुर महानगरपालिकाको योजना छ । मेयर महर्जनले सबै वडामा इञ्जिनियरहरु खुला प्रतिष्पर्धाबाट नियुक्त गर्न लागिएको जानकारी पनि दिनुभयो ।

ललितपुर महानगरपालिकाभित्र २९ वटा वडा रहेका छन । ती सबै वडामा इञ्जिनियर नियुक्त गर्ने तयारी भइरहेको मेयर महर्जनले बताउनुभयो । स्थानीय तह सञ्चालन ऐन अनुसार महानगरपालिकाले हरेक वडामा इञ्जिनियर नियुक्त गर्नुपर्ने हुन्छ ।

मेयर महर्जनले नेपाल सरकारको नीतिगत निर्णयमा ढिलाई हुँदा स्थानीय सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको दाबी समेत गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया