मलेसियामा नेपालीले नेपाली महिलालाई बलात्कार गरेको भन्दै उजुरी

 जेठ २८, २०७५ सोमबार ११:२७:४३ | उज्यालो सहकर्मी

मलेसिया – मलेसियामा एक नेपाली महिलाले चार महिनादेखि आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएकी छिन् ।

धादिङकी एक महिलाले मलेसियामा कार्यरत बुटवलका आशबहादुर बिकले बलात्कार गरेको भन्दै उजुरी दिएकी मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । 

आशबहादुरले पीडित महिला बस्ने होटलमा दिनहुँ जाने, ढोका नखोल्दा जबर्जस्ती लात्ताले हानेर ढोका खाेल्ने र भित्र पसेर ज्यान मार्ने धम्की दिने गरेको पीडित  महिलाले दिएकाे जाहेरीमा उल्लेख छ ।

साथै, आशबहादुरले पीडित महिलाको नामबाट फेसबुक आइडी बनाइ अश्लिल फोटोहरु राख्ने, उनको श्रीमान् र आफन्तलाई अश्लिल म्यासेज पठाउने गरेका थिए । 

मलेसियन नागरिकसँग बिहे गरेका आशबहादुरले स्थानीय गुण्डासँग मिलेर डर देखाउँदै यस्तो कार्य गर्दै आएको पनि खुलेको छ । पीडित महिलाले आशबआदुरलाई कारबाही गरी आफ्नो उद्दारका लागि दूतावासमा निवेदन दिएकी छन् । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

2 Comments

  • [email protected]

    June 11, 2018, 9:29 p.m.

    चाडो भन्दा चाडो छानविन गरि अपराधीलाई कानुनका कठघरामा उभ्याउनु पर्यो , पिडित महिलाले न्याय पाउनु पर्छ , मलेशिया देशमा बसेर स्थानीयलाई झुक्याएर बिहे गरेर बस्ने , PR लिने ,नेपालको नागरिता ,नेपालको पासपोर्ट पनि प्रयोग गर्ने , मान्छेहरुलाई ओसार -पसार गर्ने तथा यहाका दलाल लाई बेच्ने , राम्रो काम लगाई दिन्छु भनेर कम्पनिमा काम गरिरहेको मान्छेलाई कम्पनि बाट निकाल्ने ,पिडितको साथमा भएको नगद ,मोबाइल लुट्ने ,नाङ्गो पारेर दुख्ख दिने ,काले लगाउने ,स्थानीय प्रहरी मेरो साथि वा जेठान छ त्यसले सबै ठिक गर्छ भनेर डर ,त्रास देखाउने काम यहाका केहि रैथाने नेपालीहरुले गरिरहेका छन् / त्यस्तो किसिमको जुन कार्यहरु प्रतक्ष्य -वा अप्रतक्ष्य रुपमा भैरहेको छ / यो सारासर गलत छ , यहाको कानुन बिपरित छ /त्यस्ता किसिमका काम चाडै छाडी हाल्नु होस् / राम्रो काम गर्नु होस् / कामको प्रसंशा सबै ले गर्ने छन / अहिले लुट्नु हुन्छ ,मोजमस्ती गर्नु हुन्छ तर एक दिन तपैहरु कानुनको पासोमा जस्तै बलियो र शक्तिसाली भए पनि बाधिनु हुन्छ / तिनीहरुले त्यहाँ उनीहरुको अन्डरमा काम गर्नु पर्ने ,काम गरेको महिनौ देखिको पारिश्रमिक नदिने , यौन शोषण गर्ने , बन्दि जिबन बिताउन बाध्य गराएका धेरै समाचार हरु बाहिर प्रकाशित भएका छन् / सम्बन्धित निकाय केहि नदेखे जस्तो गरेर बसिरहेको देखिन्छ ? कम्तिमा पनि के हो बास्तबिकता सत्य -तथ्य भनेर छानबिन गर्न सकिन्छ नि होइन र ? सत्य -तथ्य समाचार हरु बाहिर आउनु पर्यो , अपराध गर्ने ,गराउने ,अपराध गराउन उक्साउने ,त्यसको मतियार हुने ,सहयोग पुर्याउने लाई पनि कानुनी दायेरामा ल्याउनु पर्यो / यस्ता किसिमका अपराधहरु नजानी ,नबुजी गरिएको हुदैन / सिदा, सादा महिला ,जसलाई लेख्न ,पढ्न र बोल्न आउदैन , उनीहरुले सम्बन्धित निकायमा पुगेर अपराध गर्नेहरु माथि तिनीहरुका बिरुद्धमा उजुर बाजुर गर्न हिम्मत गरन सक्तैनन् / त्यहि मौकाको फाइदा अपराधीले हरेक कम्जोर महिला दिदि -बहिनि हरु बाट लिरहेको हुन्छ / अपराधीहरुले दिदि -बहिनि हरुलाई प्रवासमा दासीको जिबन जिउन बाध्य गराएर उनीहरुले पटक -पटक तड्पाई -तड्पाई राखेको खबर हरु जताततै छन् / त्यहि भएर चाहे जो सुकै होस् ? कानुनको दायरामा त्यसलाई ल्याउनु पर्छ / यस्ता किसिमका अपराध गर्ने हरुलाई निरुत्साहित गर्दै , न्यूनीकरण गर्नु पर्छ / नभए यहि यस्तै समस्या फेरी पनि दोहोरिने हो भने यहाँ मलेशिया देशमा सयौ दिदि -बहिनि हरु अपराधीको पासोमा बढिरहने छन् र सयौका छोरा -छोरी बाबु बिनाका बेवारिसे हुने प्रबल समस्या हाम्रो सामु देखा परिरहेका छन् / यो समस्या तपाई हाम्रो मात्र नभएर नेपाल सरकारको पनि हो / सरकारले यी समस्याहरुको जिम्मेवारी बोक्नु पर्छ / सम्बन्धित निकायको ध्यान जावस / जिफन्ट मलेशिया बेद्कुमार खतिवडा

  •  0 Reply
  • Ramchadra Ranabhat

    June 11, 2018, 8:56 p.m.

    Testa kupu lai turuntai karbai garnu parxa, better inform to malaysia police to catch him from ambessy of Nepal.

  •  0 Reply

तपाईको प्रतिक्रिया