ए डिभिजन लिगमा हिमालयन शेर्पाको पहिलो जित

 मंसिर ३, २०७५ सोमबार १६:५७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले पहिलो जित निकालेको छ । आज भएको खेलमा शेर्पाले सरस्वती युथ क्लबलाई एक–शून्यले हरायो ।

हलचोकमा रहेको सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो । खेलमा सुरुवातदेखि नै आक्रामक खेल खेलेका हिमालयनका विश्वास श्रेष्ठले १४ औँ मिनेटमा गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।

तर ३० औँ मिनेटमा हिमालयन शेर्पाले खेलमा अग्रता बनायो । उसका लागि विश्वास श्रेष्ठले गोल गरे । ३४ औँ मिनेटमा हिमालयन शेर्पाको अर्को प्रहारलार्ई सरस्वतीका गोलकीपरले बचाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको हिमालयनले दोस्रो हाफमा त्यस्तो डरलाग्दो मुभ बनाउन सकेन । यता सरस्वतीले पनि उल्लेख्य आक्रमण गर्न सकेन । जितपछि हिमालयन शेर्पाले दुई खेलमा चार अंक बनाएको छ भने सरस्वती जीतविहीन छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया