एभरेष्ट प्रिमियर लिगको खेलतालिका सार्वजनिक

 मंसिर ३, २०७५ सोमबार १७:४८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल)को खेल तालिका सार्वजनिक भएको छ । 

जसमा उद्घाटन खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

मंसिर २२ गतेबाट कीर्तिपुर मैदानमा हुने प्रतियोगितामा छ टिमको सहभागिता रहेको छ । जसमा पहिलो दिन एक खेल हुनेछ भने त्यसपछि लिग चरणमा दिनको दुई खेल हुनेछन । 

दोस्रो दिन ललितपुर र चितवन टाइगर्स तथा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशका विभिन्न ६ वटा फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । 

१४ दिनसम्म चल्ने प्रतियोगिताको प्रत्यक्ष प्रशारण एपी वान टिभीबाट हुनेछ । प्रतियोगिताका लागि विभिन्न छ टिमले विदेशी खेलाडी पनि पक्का गरिसकेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया