कालिकोटकी ललिताले जन्माइन् शरीर जोडिएका जुम्ल्याहा छोरी

 मंसिर ३, २०७५ सोमबार १८:३०:४७ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश अस्पतालमा शरीर जोडिएका जुम्ल्याहा छोरी जन्मिएका छन् । राष्कोट नगरपालिकाका ५ की ललिता बुढाले शरीर जोडिएका दुई छोरीलाई जन्म दिनु भएको हो । 

प्रदेश अस्पताल प्रमुख डाक्टर डम्बर खड्का, राजिव शाहसहितको टोलीले शल्यक्रिया गरेर बच्चा निकालेका हुन् ।  बालिकाहरु र आमाको स्वास्थ्य अवस्था ठीक रहेको बाल रोग विशेषज्ञ डाक्टर केसीले जानकारी दिनुभयो । उहाँले बालिकाहरुको मुटु जोडिएको नजोडिएको बारे थाहा हुन नसकेको जानकारी दिनुभयो । ‘एक्सरे गरेपछि मात्र मुटु जोडिएको छ कि छैन भनेर थाहा हुन्छ  । यदि मुटु जोडिएको रहेनछ भने अपरेशन गरेर छुट्टाउन मिल्छ’, डा केसीले भन्नुभयो, ‘बालिकाहरुको छाती र पेटको माथिल्लो भाग मात्रै जोडिएको देखिएको छ ।’

बालिकाको तौल ३ किलो ६ सय ग्राम रहेको उहाँले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया