अमिताभ बच्चनलाई आफ्नै हजुरबुवा ठान्छन् शाहरुख खानका छोरा अबराम

 मंसिर ३, २०७५ सोमबार १९:२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – हालै अभिनेता शाहरुख खान छोरा अबरामका साथ अमिताभ बच्चनकी नातिनी आराध्याको जन्मदिन मनाउन बच्चन निवास गएका थिए ।

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनकी छोरी आराध्याको जन्मदिनमा लिइएका तस्बिरहरु यतिबेला विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा छाइरहेका छन् ।

यसैबीच अभिनेता अमिताभ बच्चनले शाहरुख खानका छोरा अबराम खानसँगको एक तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेको कुरा अहिले चर्चामा रहेको छ । अमिताभले शाहरुख खानका छोरा अबराम अमिताभलाई शाहरुख खानको पिता ठान्छन् भन्ने कुराको खुलासा गरेका छन् ।

अमिताभले लेखेका छन्, ‘शाहरुख खानका कान्छा छोरा अबराम, जो यो सोच्छ र उनी ठान्दछन् की म शाहरुख खानको बुवा हूँ । साथै उनी यस कुरामा अचम्म मान्छन् की म शाहरुखको घरमा उनीहरुका साथ किन बस्दिनँ ।’

अमिताभ बच्चनले शेयर गरेको तस्बिरमा अबराम खान बच्चनसँग हात मिलाइरहेका छन् । अमिताभले शेयर गरेको तस्बिरमा अभिनेता शाहरुख खानले पनि धन्यवाद दिँदै अबराम बास्तवमै अमिताभलाई आफ्नो पिता मान्ने कुरा गरेका छ ।

 

शाहरुखले लेखेका छन्, ‘धन्यवाद सर, अबराम यस पललाई सधैँ याद गर्नेछ । अब राम जति पटक तपाईँलाई टीभीमा देख्छ, उ यो ठान्छ की तपाईँ मेरो पिता हो ।’  

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया