ट्रम्पले भने  : पत्रकार अकोस्टाले फेरि यस्तो हर्कत गरे बाहिरै फ्याँकिदिन्छु

 मंसिर ३, २०७५ सोमबार १९:१७:३९ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्यूजमा दिएको अन्तर्वार्तामा सीएनएनका पत्रकार जिम अकोस्टाले पास फिर्ता पाउनु कुनै ठूलो कुरा नभएको बताएका छन् । 

उनले भनेका छन्, ‘यदि उनले आफ्नो व्यवहार सुधारेनन् अथवा फेरि पनि गलत आचरण देखाए भने अकोस्टालाई बाहिर फ्याँकिदिन्छौँ ।’  

अन्तर्वार्ताकै क्रममा ट्रम्पले यो पनि भने, ‘संघीय अदालतका न्यायाधीशको आदेश एकदमै ठीक थियो । उनले ह्वाइटहाउसमा आचरणको लागि नीतिनियम बनाउनुपर्ने बताएका थिए ।’

ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पसँग बहस गरेको भन्दै अकोस्टाको ह्वाइटहाउसको पास खोसिएको थियो । त्यसपछि सीएनएनले ट्रम्प र ह्वाइटहाउस दुवैजनाविरुद्ध अदालतमा मुद्धा दर्ता गरेको थियो ।

अदालतले अकोस्टाको अधिकारको हनन भएको भन्दै राष्ट्रपति कार्यालयलाई प्रेस पास फिर्ता गर्न आदेश दिएको थियो । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया