‘म प्रहरी हूँ, हत्यारा पत्ता लगाउन सादा पोसाकमा खटिएको हूँ’ भन्दै ठग्ने नक्कली प्रहरी पक्राउ

 मंसिर ३, २०७५ सोमबार २०:०:५९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – ‘प्रहरी हूँ’ भन्दै नेपाल–भारत सीमानाकामा सर्वसाधारणसँग रकम असुली गर्दै आएका एकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

सप्तरीको राजविराज नगरपालिका–७, खर्साल टोल निवासी शिवनारायण यादवका छोरा २० वर्षीय जोगीन्द्र भनिने सागर यादवलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो । यादवलाई जिल्लाको बोदेबर्साइन नगरपालिका–९, स्वर्णपट्टीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘म प्रहरी हूँ । दुई जना हत्यारा फरार भएकाले जिल्ला प्रहरी कार्यालयले सादा पोसाकमा मलाई खटाएको छ,’ भन्दै चेक गर्ने नाममा रकम असुली गरेको जानकारी पाएपछि यादवलाई नियन्त्रणमा लिइएको विष्टले बताउुनभयो ।

बोर्डर छेउमा बसी नेपाल–भारत आवत–जावत गर्ने सर्वसाधारण मानिसलाई डर–त्रास देखाई रकम असुल गरेको र दुःख दिएको पाइएपछि नियन्त्रणमा लिएर आवश्यक कारबाही सुरु गरिएको उहाँको भनाई छ ।

चुनावताका म्यादी प्रहरीमा जागिर यादवले ठगी गरेको एसपी विष्टले स्पष्ट पार्नुहुँदै पक्राउ परेका यादवमाथि अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया