डाक्टर केसीको स्वास्थ्यमा केही सुधार हुँदै

 मंसिर ३, २०७५ सोमबार २०:१७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नागरिक अभियन्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको डाक्टरले बताएका छन् । 

छाती धेरै दुखेपछि केसीलाई सोमबार बिहान त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्स्प्लाण्ट सेण्टरको क्रिटिकल केयर युनिट(सीसीयू)मा भर्ना गरिएको छ । उहाँको जाँच भइरहेको र अझै केही दिन अस्पतालमै राख्नुपर्ने उपचारमा संलग्न डाक्टर अरुण सायमीले बताउनुभयो  । तर सबै स्वास्थ्य जाँचको पूर्ण रिपोर्ट आइनसकेकाले भोलि मात्रै विस्तृत जानकारी दिन सकिने उहाँले बताउनुभयो । 

डाक्टर केसीलाई सीसीयूको ४१५ नम्बर बेडमा राखिएको छ । केही सयमअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि यही बेडमा राखेर उपचार गरिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया