जर्मनीलाई बराबरीमा राेक्दै नेदरल्याण्ड्स सेमिफाइनलमा

 मंसिर ४, २०७५ मंगलबार ७:११:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

नेदरल्याण्ड्स यूईएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । सोमबार राति भएको खेलमा जर्मनीलाई २–२ गोलको बराबरीमा रोक्दै नेदरल्याण्ड्स अन्तिम चारमा प्रवेश गरेको हो ।

जर्मनीले लिएको पहिलो हाफको दुई गोलको अग्रतामा भर्जिल भान डिक र क्वीन्सी प्रोम्सले अन्तिम पाँच मिनेटमा गोल गरेपछि नेदरल्याण्ड्सले अन्तिम चारको यात्रा तय गरेको हो । २० मिनेटभित्र जर्मनीले दुई गोल गरेको थियो ।

नवौं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा लेरोई सानेले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाएका थिए । ८५औं मिनेटसम्म जर्मनीले दुई गोलको अग्रता कायम राख्यो ।

तर ८५औं मिनेटमा प्रोम्सले गोल गर्दै नेदरल्याण्ड्सलाई खेलमा फर्काए । ९०औं मिनेटमा भान डिकले गोल गरेपछि खेल बराबरीमा पुग्यो । बराबरीसँगै लिग एको समूह एकबाट शीर्ष स्थानमा रहँदै नेदरल्याण्ड्स सेमिफाइनलमा पुग्यो ।

उसले चार खेलबाट सात अंक बनाएको छ । समान अंक भएपछि गोल अन्तरका आधारमा पछि पर्दै फ्रान्स दोस्रो स्थानमा रह्यो । चार खेलबाट २ अंक जोडेको जर्मनी भने रेलिगेसनमा परेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया