रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ घट्यो

 मंसिर ४, २०७५ मंगलबार १०:२७:२८ | उज्यालो सहकर्मी

काठमाडौं – मंगलबार खाडीका देशका मुद्रा, कोरियन वन र मलेसियन रिंगिटको भाउ घटेको छ । यो हप्ताको सुरुवातदेखि नै विदेशी मुद्राको भाउ घटिरहेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४७  पैसा र बिक्रिदर ३० रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रिदर ३१ रुपैयाँ २९ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २९ पैसा र बिक्रिदर २७ रुपैयाँ ४३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १५ र बिक्रिदर १० रुपैयाँ २० पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३ सय ७८ रुपैयाँ १९ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०३ रुपैयाँ २३ पैसा र बिक्रिदर ३ सय ०४ रुपैयाँ ८२ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया