सरकारसँग काम गर्ने क्षमता छैन : कांग्रेस नेता सिंह

 मंसिर ४, २०७५ मंगलबार १०:५२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्यूठान – नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारसँग काम गर्ने क्षमता नभएको टिप्पणी गर्नुभएको छ । मंगलबार प्यूठानको बाग्दुलामा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले सरकारले समृद्धिको नारा दिए पनि सरकारसँग काम गर्न सक्ने क्षमता नभएको उहाँले आरोप लगाउनुभयो । 

दुई तिहाई बहुमत मत प्राप्त सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकोले जनता सडकमा उत्रनु परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विकास बजेट ८ प्रतिशत पनि खर्च हुन नसक्नु बिडम्बना हो ।’ 

अपराधको नियन्त्रण, अनुसन्धानमा सरकारले प्रभावकारी कार्य गर्न नसकेको भन्दै उहाँले निर्मला हत्या प्रकरण, सुन तस्करीलगायतमा संलग्नको बर्तमान सरकारले संरक्षण गरेको जिकिर गर्नुभयो । 

कांग्रेस, कांग्रेस जस्तो भएन 

फरक प्रसंगमा बोल्दै पूर्व महामन्त्री सिंहले आगामी अधिवेशनवाट पार्टी नेतृत्वको परिवर्तन गर्नु पर्ने बताउनुभयो छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको चित्तबुझ्दो काम नगरेकै कारण पार्टीले हार व्यहोर्नु परेको निष्कर्ष सुनाउदै उहाँले विधि प्रक्रियामार्फत पार्टी नेतृत्व परिवर्तनको आवश्यकता रहेको औँल्याउनुभयो । 

कांगेस, कांग्रेस जस्तो पार्टी नरहेको भन्दै उहाँले पार्टी नेतृत्व समयको माग अनुसार अघि बढ्न नसकेको बताउनुभयो ।  ‘हामी विधि र प्रक्रिया पुर्‍याएर नेतृत्व परिवर्तन गर्न चाहन्छौं’ ,उहाँले भन्नुभयो । 
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया