सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिनेबारे छलफल गर्न राजपा नेपालको बैठक बस्दै

 मंसिर ४, २०७५ मंगलबार ११:१९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक मंगलबार बस्दैछ । दिउँसो १२ बजे राजापाको पार्टी कार्यालयमा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिनेबारे छलफल हुने राजपाका महासचिव तथा प्रवक्ता केशब झाले जानकारी दिनुभयो । 

सरकारले संविधान संशोधन गर्ने भनेर आफुहरुसँग सहमति गरेपनि त्यसलाई कार्यान्वयन नगरेकाले अब समर्थन फिर्ता लिने तयारी गरिएको उहाँको भनाई छ ।

राजपाले आफूहरुका माग १० दिनभित्र पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएको थियो । त्यो समयअवधि सकिन २ दिन बाँकी हुँदा राजपाको अध्यक्षमण्डलको बैठक बस्न लागेको हो । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया