पाकिस्तान सुपर लिगको अक्सन अाज, कतिमा बिक्लान् सन्दीप र सोमपाल ?

 मंसिर ४, २०७५ मंगलबार १२:४२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पाकिस्तान सुपर लिगको अक्सन मंगलबार हुँदैछ । जसमा नेपालबाट सन्दीप लामिछाने र सोमपाल कामी ड्राफ्टमा परेका छन् ।

पाकिस्तानको इस्लामाबादमा हुने अक्सनका लागि ड्राफ्टमा परेका सन्दीप गोल्ड विधामा परेका छन् भने सोमपाल सिल्भर विधामा छन् । विधा अनुसार सन्दीपलाई कुनै एक टिमले मात्र बोली लगाएमा ५० हजार अमेरिकी डलर पाउनेछन् ।

यस्तै सिल्भर विधामा रहेका सोमपालमाथि बोली लागेमा उनको न्यूनतम मूल्य २२ हजार डलर रहेको छ । पछिल्लो पटक एकपछि अर्को विदेशी लिगहरुमा व्यस्त सन्दीप यतिबेला दुबईमा हुने टी–१० क्रिकेट लिग खेल्न गएका छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया