यूएईका नाभिद भैरहवा ग्लाडियटर्सबाट एभरेष्ट प्रिमियर लिग खेल्ने

 मंसिर ४, २०७५ मंगलबार १३:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

युनाइटेड अरब इमिरेट्सका बलर मोहम्म नाभिदले एभरेष्ट प्रिमियर लिग भैरहवा ग्लाडियटर्सबाट खेल्ने भएका छन् । मंसिर २२ गतेबाट हुने ईपीएलमा यूएईका तीब्र गतिका बलर नाभिदले शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवामा अनुबन्ध भएका छन् ।

यसअघि पाेखरामा भएकाे पाेखरा प्रिमियर लिगमा पनि नाभिद शरदकाे कप्तानीमा रहेकाे पाेखरा पल्टनबाट खेलेका थिए । जसमा उनले  निकै राम्राे प्रदर्शन पनि गरेका थिए । पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ विदेशी खेलाडी राख्न पाउने नियम बनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया