नेपाललाई एडीबीको ३९ अर्ब आर्थिक सहयोग

 मंसिर ४, २०७५ मंगलबार १३:५२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई झण्डै ३९ अर्ब ३२ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

पूर्व–पश्चिम राजमार्ग सुधार परियोजना र प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाका लागि एडीबीले त्यस्तोे आर्थिक सहायता उपलब्ध गराउने भएको हो । मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच  अर्थ सचिव डाक्टर राजन खनाल र एडीबीका लागि नेपाल आवासीय मिसनका देशीय निर्देशक मुख्तोर खामुदखानोभबीच आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

एडीबीको सहयोगमध्ये १८ करोड डलर दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक समन्वय कार्यक्रममा खर्च हुनेछ । त्यसैगरी प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाका लागि १६ करोड ३९ लाख डलर खर्च हुने अर्थ सचिव खनालले जानकारी दिनुभयो ।

एडीबीको त्यो आर्थिक सहायताबाट नेपालको सडक सञ्जालमा उल्लेख्य सुधार हुने नेपाल सरकारले विश्वास लिएको छ । एडीबीले नेपालको पूर्वाधार विकासमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

अर्थ सचिव खनालले नेपाल सरकारलाई एडीबीले गरेको पछिल्लो आर्थिक सहायताप्रति पनि आभार व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया