‘दि कर्मा’ माघ ४ गते रिलिज हुने

 मंसिर ४, २०७५ मंगलबार १४:६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यसअघि मंसिर ७ गते रिलिज हुने भनिएको नेपाली चलचित्र ‘दि कर्मा’ माघ ४ गतेलाई सरेको छ । चलचित्रका निर्माता जयराज रायका अनुसार विशेष कारणवश यो चलचित्रलाई माघमा सारिएको हो ।

चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सीमा क्षेत्रमाहुने घटनामा बनेको फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता राय आफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।

भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो चलचित्रमा करणका अलावानीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

काठमाडौंमा काफिया फिल्म्स र उपत्यकाबाहिर बैङकेटेश इन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’को स्क्रिनप्ले र डाइलग सुशील पोखरेलको हो ।

–उज्यालाे र गफगाफकाे सहकार्यमा

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया