प्रतिहजार ७० रुपैयाँ बाेनस दिने ग्यारेण्टीका साथ सानिमाकाे ‘जीवन श्री’ बीमा योजना

 मंसिर ४, २०७५ मंगलबार १८:४७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सानिमा लाइफ इन्स्योरेन्सले प्रतिहजार बीमा‌ंकमा ७० रुपैयाँ बाेनस दिने ग्यारेण्टीसहितकाे सानिमा ‘जीवन श्री’ बीमा योजना ल्याएको छ ।

यस योजनामा न्यूनतम बीमाङ्क  ५ लाख हुने तथा अधिकतम बीमाङ्क आयश्रोतको आधारमा निर्धारण गरिने छ । त्यस्तै न्यूनतम प्रवेश उमेर १६ वर्ष तथा अधिकतम प्रवेश उमेर ६० वर्ष छ भने बीमा समाप्त हुने उमेर हद ७० वर्ष तोकिएको छ ।

यस योजनाको  न्यूनतम बीमा अवधि १० वर्ष र अधिकतम बीमा अवधि २५ वर्ष हुने जनाइएको छ । 

यस अन्तरगत सीमित अवधिसम्म बीमा शुल्क भुक्तानी गरी बीमा समाप्ती उमेरसम्म जोखिम वहनको अवसर सदुपयोग गर्न सकिन्छ  । 
यसमा  बीमा शुल्क भुक्तानी अवधि ६, १०, १५ र १८ वर्ष कायम गरिएको छ । साथै बीमा अवधि १०, १५ ,२० र २५ वर्ष  निर्धारण गरिएको छ ।

कम्पनीले योजना अन्तरगत जीवन बीमा गर्दा पूरा बीमा अवधिको लागि सुरुमा नै प्रतिहजार बीमाङ्कमा रु ७० बोनस दिने ग्यारेन्टी गरेको छ । 

बीमाङ्क रकम भुक्तानी  दिने अवस्था

- बीमा समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमालेखकाे शर्तहरुको अधीनमा रही प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कको रु ७० का दरले पूरा बीमा अवधिको बाेनस एकमुष्ट प्रदान गरिनेछ ।

- बीमा अवधिभित्र बीमालेख चालु रहेको अवस्था बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क र प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कमा रु ७० ग्यारेण्टी बाेनससमेत एकमुष्ट प्रदान गरिएको छ ।


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • राज कुमार डँङ्गोल

    Nov. 21, 2018, 6:25 a.m.

    राम्रै लाग्यो मलाइ तर म हाल बिदेस तिर छु कसरी गर्न सकिन्छ यो बिमा

  •  0 Reply

तपाईको प्रतिक्रिया