पार्टीभित्र म अनुशासन कायम गराउन लाग्दैछु : सभापति देउवा

 मंसिर ४, २०७५ मंगलबार १९:१२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

मोरङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अनुशासित हुनु पर्ने बताउनुभएको छ ।

अनुशासनको पालनाबिना राजनीतिक पार्टीको निर्माण हुन नसक्ने बताउँदै कांग्रेसलाई पहिलो पार्टी बनाउन अनुशासन पालनाको लागि आफू क्रियाशिल रहेको देउवाले बताउनुभयो । पार्टीको आउँदो महासमितिको बैठकका लागि विराटनगरमा आयोजित प्रदेश नम्बर १ स्तरीय सुझाव सङ्कलन कार्यक्रमको उद्घाटन कार्यक्रममा देउवाले पहिलो काम पार्टीलाई चुस्त र दुरुस्त राख्नको लागि आफू लागिरहेको बताएका हुन् ।

आफ्नै जिल्लाको चुनावमा हार ब्यहोर्नुपरेको स्मरण गर्दै उहाँले कहाँ–कहाँ के–के कमजोरी भए भनेर छानबिन भइरहेको स्पष्ट पार्नुभयो ।  कांग्रेस पुरानो रोग अन्तरघातको शिकार भएको भन्दै उहाँले दुई पार्टी मिलेपछि नेकपा बलियो देखिएको बताउनुभयो ।

सभापति देउवाले ‘वर्तमान सरकार अधिनायकवादमा जान्छ’ भनेर आफूले पहिले नै घोषणा गरेको सुनाउँदै नेकपाले सरकारले न्यायालय, प्रहरी, आमसञ्चार, सेना र निर्वाचन जस्ता लोकतान्त्रिक पद्धतिका सबै अङ्ग र निकाय कब्जा गरिरहेको टिप्पणी गर्नुभयो ।

निर्मला पन्तका हत्यारा सरकारले चाहेर पत्ता नलगाएको आरोप लगाएका छन्  । यदी सरकारले चाहन्थ्यो भने हत्यारा पत्ता लाग्ने दाबी गरेका सभापति देउवाले सरकार नै हत्यारा लुकाउने काममा लागेको भन्दै सरकारको आलोचना गर्नुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया