स्वास्थ्य जाँच गराउन सदरमुकाम जाँदा मन्दिरमै बच्चा जन्मियो

 मंसिर ५, २०७५ बुधबार ६:२३:४३ | रासस

सप्तरी - राजविराजको राम मन्दिरमा मंगलबार साँझ एक महिलाले शिशु बालिका जन्माएकी छिन् । 

स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका–३ कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै शिशुलाई जन्म दिएकी हुन् । स्वास्थ्य जाँच गराएर घर फर्किने क्रममा साथै आएकी जेठानी राजकुमारीले उनलाई एकै क्षण बस्न भन्दै किनमेल गर्न बजार गएकी थिइन् । 

त्यहीबेला सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान नपाउँदै मन्दिरमा भर्जनकीर्तन गरिरहेका भक्त महिलाको सहयोगमा उनले शिशु जन्माएको प्रत्यक्षदर्शी बिसोलाल यादवले बताउनुभयो । भजनकीर्तन गरिरहेका भक्तजन र स्थानीयवासीको सहयोगमा बच्चा तथा आमालाई गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको छ । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया