मौसम : बिहान हुस्सु, दिउँसो खुल्ने

 मंसिर ५, २०७५ बुधबार ८:११:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बुधबार बिहान देशका धेरै ठाउँमा हुस्सु लागेको छ । हुस्सुका कारण काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भिजिविलिटि १५ सय मिटरमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

भिजिविलिटि कम हुँदा अन्तराष्ट्रिय उडान प्रभावित हुनेछन् । अन्तराष्ट्रिय उडानको लागि कम्तीमा ३ हजार मिटरसम्मको दृश्य देखिनुपर्ने हुन्छ । घाम लाग्दै गएपछि भिजिविलिटि बढ्दै जाने मौसमविद्ले बताएका छन् । 

यस्तै अहिले पूर्वी क्षेत्रको मौसम आशिंक बदली भएको छ । बुधबार पूर्वको मौसम एकैछिन बदली हुँदै खुल्ने मौसमविद् वरुण पौडेलको अनुमान छ । उहाँका अनुसार अरु ठाउँको मौसम भने सफा रहने छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया