मेक्सिकोविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी

 मंसिर ५, २०७५ बुधबार ८:३०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

मेक्सिकोविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाको मेन्डोजामा भएको खेलमा घरेलु टिमले मेक्सिकोलाई २–० ले हरायो ।

घरेलु टिमको जितमा माउरो इकार्डी र पाउलो डिबालाले गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा नै इकार्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । 

स्टार स्ट्राइकर लियोनल मेस्सीबिना नै उत्रिएको अर्जेन्टिनाका लागि ८७औं मिनेटमा डिबालाले गोल गर्दै टिमलाई २–० को जित दिलाए । ८१औं मिनेटमा इकार्डीको स्थानमा मैदान प्रवेश गरेका डिबालाले जियोभानी सिमोनीको पासमा गोल गरेका थिए ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया