नवलपरासीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३९ जना घाइते

 मंसिर ५, २०७५ बुधबार ८:३७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – सुस्ता पश्चिमको सूर्यबस्तीमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अरु ३९ जना घाइते भएका छन् । 

महेन्द्रनगरबाट झापाको काकरभिट्टाका लागि छुटेको ना ५ ख १०९६ नम्बरको रात्री बस नवलपरासीको सुनवल नगरपालिका १३ सूर्यबस्तीमा दुर्घटना हुँदा लोकेन्द्र कार्कीको ज्यान गएको हो । कार्की उदयपुरको श्री रणसार्दुल गण गाईघाटमा कार्यरत नेपाली सेनाका जवान रहेका प्रहरीले जनाएको छ । ज्यान गुमाएका अर्का व्यक्तिको परिचय खुल्न बाँकी छ । 

घाइतेहरुको नवलपरासीका विभिन्न मेडिकलमा उपचार भइरहेको छ । बस अनियन्त्रित भएर सडकबाट खोल्सामा खसेको हो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया