निजी श्रोतका शिक्षकलाई बिगु गाउँपालिकाले तलब दिने

 मंसिर ५, २०७५ बुधबार १८:४८:४८ | सुवास दर्नाल
unn.prixa.net

दोलखा – निजी श्रोतबाट अध्यापन गराइरहेका शिक्षकलाई अब बिगु गाउँपालिकाले तलब दिने भएको छ । 

गाउँपालिकामा रहेका विभिन्न विद्यालयले शिक्षकको अभाव परिपूर्ति गर्न निजी श्रोतबाट तलब प्रदान गर्ने गरी राखिएका शिक्षकहरुलाई गाउँपालिकाले दरबन्दीअनुसारको तलब प्रदान गर्ने भएको हो । 

जसअनुसार बिगु गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिनुभयो । 

गाउँमा रहेका विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक पर्याप्त नभएपछि विद्यालय स्वयमले निजी तथा आन्तरिक श्रोतबाट तलब प्रदान गर्नेगरी शिक्षक नियुक्त गर्ने गरेका थिए । त्यस्ता शिक्षकलाई तलब खुवाउन विद्यालयको आम्दानी नहुने भएकोले गाउँपालिकाले तलब खुवाउने भएको हो । 

गाउँपालिकामा रहेका ३८ विद्यालयमा ३ हजार ८ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने १ सय २० जना शिक्षक अध्यापनरत छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया